९ मंसिर २०८१, आईतवार
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले मंसिर १ गतेदेखि लागू हुने गरी कात्तिक १७ गते पदबाट राजीनामा दिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार पाण्डेको राजीनामा भने स्वीकृत हुन बाँकी छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास प्राप्त पाण्डे जीवन बीमक संघका अध्यक्ष पनि हुन । उनले अब आफै केहि गर्ने उदेश्यका साथ पदबाट राजीनामा दिएको बुझिएको छ ।