९ जेष्ठ २०८३, शनिबार
काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने भएको हो ।
काठमाण्डौ महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच सार्वजनिक ठाउँमा भिडभाड हुने गरी कुनै पनि कार्य नगर्ने सहमतिअनुसार निःशुल्क खाना अभियान पनि बन्द हुन लागेको हो । तर, सार्वजनिक ठाउँमा खाना खुवाउन नपाए पनि बन्द कोठा वा वैकल्पिक ठाउँको पहिचान गरी निःशुल्क खाना खुवाउने अभियान चलाउन पाउने सहमति भएको छ । यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने छ ।


अब खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्ममा खाना खुवाउन वैकल्पिक ठाउँको खोजी गरिसक्नुपर्ने जनाइएको छ ।