पछिल्लाे २४ घण्टामा २ हजार ८ सय १७ संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ कार्तिक २३ गते, आईतवार १६:२८ मा प्रकाशित

मुलुकमा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।