१० मंसिर २०८१, सोमबार
नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठक सो संगठनका सदस्य राष्ट्रहरुलाई आगामी भदौ दोश्रो या तेश्रो हप्ता चौथो शिखर सम्मेलन गर्ने प्रस्ताव राख्ने निर्णय गरेको हो । त्यसको मिति भदौ १४–१५ वा २१–२२ तोकिन सक्छ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भने ।
त्यस्तै बैठकले केही महिना अघि सम्पन्न विद्यार्थी भर्ना अभियानलाई फेरि दोहोर्याउने निर्णय गरेको छ । अघिल्लो भर्ना अभियानमा मुलुकभरबाट ५९ हजार बालबालिका छुटेको जनाउँदै अभियानलाई पुन दोहोर्याउने निर्णय गरिएको सञ्चारमन्त्री बास्कोटाले बताएका छन् । मुलुकभर अहिले ३ लाख १३ हजार बालबालिका स्कुल जाने उमेरका रहेका छन् । मुलुकभरमा २ नम्बर प्रदेशमा सबैभन्दा बढी बालबालिका भर्ना अभियानका क्रममा बढी छुटेको जनाइएको छ ।
त्यस्तै, काठमाडौं–तराई फाष्ट ट्रयाकको कामलाई थप तिव्रता दिनका लागि सम्बन्धित समितिलाई अनुगन गर्न निर्देशन समेत बैठकले दिएको छ । बैठकले प्रशासकीय अदालतको व्यवस्था गर्ने विद्येयक पेश गर्न समेत स्वीकृति दिएको छ भने जिल्ला प्रशासन, इलाका प्रशासन कार्यलाय, अध्यागमन, कारगारमा संगठनको संरचना निर्माण र दरबन्दी समेत स्वीकृत गरिएको मन्त्री बास्कोटाले जनाए ।