९ जेष्ठ २०८३, शनिबार
काठमाडौं उपत्यकामा तिहार र छठपछि कडा निषेधाज्ञा गर्न कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई उपत्यका मेयर फोरमले आग्रह गरेको छ।
उपत्यकामा कोरोना संक्रमण बढिरहेकोबारे सीसीएमसी र उपत्यका मेयर फोरमबीच बुधबार छलफल भएको छ। सो छलफलमा काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दरलाई नियन्त्रणमा लिनका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको बताइएको छ।


तिहार र छठ सकिने वितिकै संक्रमण दर नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएकोछ। अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव बनाउने भएको छ।