९ मंसिर २०८१, आईतवार
च्याम्पियन्स लिगको फाइनल पछि रियलमा रहनेमा शंका व्यक्त गर्दै रोनाल्डोले फाइनलपछि एक सातामा समर्थकलाई थप जानकारी दिने बताएका थिए । खेल पछिको उनको प्रतिक्रियाबाट क्लब व्यवस्थापन र सिनियर खेलाडी भने खुसी थिएनन् ।
यद्दपी, रोनाल्डोले क्लब अन्तिम निर्णय लिएका छैनन् । तर, जुन समयमा उनले क्लब छाड्ने संकेत गरे त्यसले अन्य सहकर्मीलाई भने आश्चार्यमा पारेको थियो । उनको सम्भावित बर्हिगमनको सन्देश त्यति बेला आएको थियो, जति बेला टोली च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा थियो ।
अहिले, जिनेदिन जिदानले पनि रियलको प्रशिक्षक पद छाडेका छन् । जसको कारणले रोनाल्डोलाई क्लब छाड्न थप बल मिलेको विश्वास गरिएको छ । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार फ्रान्सेली जिदानसँग नजिक थिए ।
कतिपयले च्याम्पियन्स लिग फाइनल नै रियलमा रोनाल्डोको अन्तिम खेल मानेका छन् । तर, पनि व्यवस्थापनले रोनाल्डोलाई मनाउने अपेक्षा पनि गरिएको छ । कतिपय उनको प्रतिक्रियालाई भने व्यवस्थापनले मन पराएको छैन ।
रोनाल्डोको लागि रिलिज क्लजको रकम क्लब छाड्न नमिल्ने कारण भने हुन सक्दछ । उनका लागि १ बिलियन युरो रिलिज क्लज रहेको छ । पेरिस सेन्ट जर्मेन र युनाइटेड जस्ता इच्छुक क्ल्बले उनलाई लिन चाहदा ठूलो रकम खर्चन तयार हुनुपर्दछ ।