कोरोनाबाट पोखरामा एकैदिन ७ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ मंसिर ५ गते, शुक्रबार १४:४७ मा प्रकाशित

पोखराः कोरोना भाइरस संक्रमणबाट पोखरामा एकैदिन ७ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका ८, कास्कीका ५४ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई निमोनिया समेत भएको थियो ।

पोखरा महानगरपालिका ९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई मंसिर ४  गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई निमोनिया भएको थियो ।

पोखरा महानगरपालिका –१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२७, कास्कीका ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका उनलाई कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै म्याग्दे गाउँपालिका–४, तनहुँका ५१ वर्षीय पुरुषको शुक्रबार विहान  मृत्यु भएको छ । मंसिर ३ गते कोरोना संक्रमण देखिएको उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।