९ मंसिर २०८१, आईतवार
रसिया विश्वकपका लागि तयारीमा रहेको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन् ।
च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रेमीकासँग डेटिङमा रहेका रोनाल्डो गएराति टिमको क्याम्पमा फर्किएका हुन । विश्वकप अगाडी पोर्चुगलले विहिबार अल्जेरीयासँग मैत्रीपुर्ण खेल खेल्दैछ । त्यस खेलको अभ्यासका लागि रोनाल्डो क्याम्पमा फर्किएका हुन ।
युरोकपको उपाधि विजेता पोर्चुगललाई यसपटक विश्वकपमा बलियो टिमका रुपमा हेरीएको छ । राष्ट्रिय टिमका लागि बलियो हतियार रहेका रोनाल्डोले अहिलेसम्म राष्ट्रिय जर्सिमा लगातार सात प्रतियोगितामा देशका लागि गोल गरेका छन् ।
पछिल्ला तीन विश्वकप र चार युरोपियन च्याम्पियनसिपमा पोर्चुगलका लागि रोनाल्डोको प्रदर्शन प्रेरणदायी रहदै आएको छ । यसपटकको विश्वकपमा पोर्चुगल अरु टिमको तुलनामा केहि सजिलो समुह परेको छ ।
उसले जुन १५ मा स्पेन विरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ । उसको समुहमा मोरक्को र इरान पनि रहेका छन् ।