भारतीय विदेभारतीय विदेश सचिव प्रधानमन्त्रीसँग ५ बजे शिष्टाचार भेटवार्ता गर्ने श सचिवले प्रधानमन्त्रीसँग ५ बजे भेट्ने

होमल्याण्ड खबर

२०७७ मंसिर ११ गते, बिहीबार १४:४० मा प्रकाशित

काठमाडौंः भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला भेटवार्तामा व्यस्त भएका छन् । दुई दिने नेपाल भ्रमणमा आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा सहभािग भएका छन् ।

होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

श्रृंगलाले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्रीसँगको भेटपछि उनी शितल निवास गइ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी भोलि गोरखा र मनाङ जानेछन् । गोरखामा भारतीय सहयोगमा बनिरहेको घरहरुको अवलोकन गर्नुका साथै तीन विद्यालयको उद्घाटन गर्नेछन् । मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने छन् ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा पहिलो पटक नेपाल भ्रमणमा आएका उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरे ।

उनले आफ्नो भ्रमणको उद्देश्यबारे नेपाली भाषामै  जानकारी दिए । ‘विदेश सचिवका रुपमा काठमाडौँ आउँदा मलाई अत्यन्त खुशी लागेको छ, पहिले पनि म काठमाडौँ आएको छु तर विदेश सचिवका रुपमा मेरो यो पहिलो भ्रमण हो’, उनले भने, ‘भारत र नेपाल निकटतम मित्र हुन्, हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ ।’