नेपालमा थप १७०३ जनामा कोरोना पुष्टि, १२३६ जना निको भए

होमल्याण्ड खबर

२०७७ मंसिर १२ गते, शुक्रबार १६:२९ मा प्रकाशित

काठमाडौं । नेपालमा १७०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १७०३ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ रहेको छ । संक्रमित मध्ये दुई लाख ९ हजार ४३५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२३६ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।