८ जेष्ठ २०८३, शुक्रबार
काठमाडाैं: काेराेनाकाे बहानामा अस्पतालहरुले शुल्क लिने गरेको पाइए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कडा रुपमा प्रस्तुत हुने भएकाे छ । जनतालाई जथाभावि मनखुसी शुल्क लिन नपाउने भन्दै मन्त्रालयले शुल्क लिए उजुरी दिन माग गरेको छ ।
मन्त्रालयले शुल्क लिने अस्पताललाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क लिन नपाउने भन्दै यसो नगर्न अस्पतालहरुलाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए।


निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएको उनको भनाई छ । बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारवाही गरिनेसमेत उनले बताए ।
निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न-नगराउन अनुरोध छ ।”