८ जेष्ठ २०८३, शुक्रबार
सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ भोलि (मंगलबार) घोषणा गर्ने भएको छ।
नापी विभाग विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंगलबार दिउँसो साढे १ बजे विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रम हुने जानकारी दिए ।


नेपाल सरकारले पहिलो पटक आफ्नै खर्चमा सगरमाथाको उचाई नापेको हो । चिनियाँ टोलीले पनि सहयोग गरेको थियो ।
विस २०७२ मा गएको भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही कारण सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा सरकारले उचाई मापन गरेको हो ।
पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको बताइएको छ ।
सगरमाथाको उचाइ मापन कार्य आर्थिक वर्ष ०७५–०७६ मा शुरु भएको थियो । यसै वर्ष उचाइ मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर मंसिर १० गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।