८ जेष्ठ २०८३, शुक्रबार
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १४ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । साेमबार ६ हजार २२० जनाको पिसिआर परीक्षण भएकाेमा थप १ हजार १४ जनामा काेराेना पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जानकारी दिएको छ।


सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ।