१० मंसिर २०८१, सोमबार
स्पेन: विश्व फुटबलका महान हस्तीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी दुई वर्षपछि आमनेसामने हुने भएका छन। युईएफए च्याम्पियन्स लिग अन्तर्गत आजराति हुने समूह ‘जी’ अन्तर्गतको खेलमा उनीहरु एकआपसमा भिड्न लागेका हुन।
आज मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्टस आमनेसामने हुँदैछन्। क्याम्प नाउमा हुने खेलमा यी दुईबीचको भिडन्त रोचक हुने अपेक्षा गरिएको छ।
अघि मेस्सी र रोनाल्डो सन् २०१८ मा आमनेसामने भएका थिए। त्यतिबेला रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडमा थिए। त्यसपछि यी खेलाडीहरु पहिलोपल्ट भिड्न लागेका हुन।
यसअघि पनि युभेन्टसको घरेलु मैदानमा यी दुई टोलीबीच प्रतिस्पर्धा भए पनि रोनाल्डो उक्त खेलमा कोरोना संक्रमणका कारण सहभागी थिएनन्। उक्त खेलमा बार्सिलोनाले २-० गोलअन्तरले जित निकालेको थियो।
समूह जी बाट यी दुबै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्। समूहमा बार्सिलोना १५ अंकसहित शीर्षस्थानमा छ भने युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ। खेल भरे राति पौने २ बजे सुरु हुनेछ।