थप १०५६ जनामा कोरोना पुष्टि, १४८३ जना निको भए

होमल्याण्ड खबर

२०७७ मंसिर २४ गते, बुधबार १५:५३ मा प्रकाशित

काठमाडौं । नेपालमा १०५६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ रहेको छ । संक्रमित मध्ये दुई लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४८३ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६५१ पुगेको छ ।