८ जेष्ठ २०८३, शुक्रबार
सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआईजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।


सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) र एक एआईजीको दरबन्दी थप गरेको थियो ।
अघिल्लो हप्ता गृह मन्त्रालयले एआईजीमा बढुवाका लागि डीआईजी पोखरेलको नाम सिफारिस गरेको थियो ।