थप ८३० जनामा कोरोना पुष्टि, १५०० जना निको भए

होमल्याण्ड खबर

२०७७ मंसिर २८ गते, आईतवार १६:३७ मा प्रकाशित

नेपालमा ८३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८३० जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४८ हजार ४२३ रहेको छ । संक्रमित मध्ये दुई लाख ३५ हजार ७३१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १५०० जना कोरोनामुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १६९८ पुगेको छ ।