१० मंसिर २०८१, सोमबार
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ ।
शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीले घरेलु मैदानमा भएको खेलमा ब्राइटनलाई ३–० ले पराजित गरेको हो ।
लेस्टरको जितमा जेम्स म्याडिसनले दुई तथा जेमी भर्डीले एक गोल गरे । तीनै गोल पहिलो हाफमा भएको हो ।
म्याडिसनले २७ र ४४ औँ मिनेटमा जेमी भर्डीको सहयोगमा गोल गरेका हुन् । दुई गोलका लागि सहयोग गरेका भर्डीले ४१ औँ मिनेटमा जेम्स जस्टिनको सहयोगमा गोल गरे ।