एनटीसीको पोस्टपेड बिलिङमा समस्या आएपछि कयौं पोस्टपेड फोनहरु ‘वान वे’

होमल्याण्ड खबर

२०७७ पुष १ गते, बुधबार १३:५६ मा प्रकाशित

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम (एनटीसी)को पोस्टपेड फोन सेवाको बिलिङमा समस्या देखिएको छ । बिलिङ सिस्टममा समस्या देखिएपछि मंगलबार रातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ‘वान वे’ भएको छ ।

बिलिङ सिस्टममा करिब १२ घण्टा भन्दा बढी समय समस्या देखिएपछि एनटीसीको पोस्टपेड प्रयोगकर्ताहरु पीडित बनेका छन् ।

अंग्रजी पात्रोअनुसार महिनाको १५ तारिकमा एनटीसी पोस्टपेड सेवाको बिलिङ हुन्छ । बिलिङकै क्रममा प्रणालीमा आएको समस्याका कारण ब्यालेन्स भए पनि ‘कतिपय’ फोन ‘वान वे’ हुन पुगेको एनटीसीका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।

एनटीसीका ती अधिकारी समस्या समाधानका लागि प्रयास भइरहेको र छिट्टै पूर्ववत रुपमा सेवा उपयोग गर्न पाइने बताउँछन् ।