८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौं : आज कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।
महाशाखाका अनुसार केही दिनदेखि काठमाडौँको तापक्रम निरन्तर घटिरहेको छ, जसको कारण वर्षकै अत्याधिक चिसो महसुस गरिएको हो । त्यस्तै, आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका अधिकांश तथा पहाडका केही भू–भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।