काठमाडौंका विभिन्न स्थानमा शुक्रबार र शनिबार विजुली काटिने

होमल्याण्ड खबर

२०७७ पुष ३ गते, शुक्रबार ०५:५८ मा प्रकाशित

शुक्रबार  र शनिबार काठमाण्डौका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

बालाजु सबस्टेशनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले यस सबस्टेशनबाट वितरित क्षेत्रमा शुक्रबार र शनिबार बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा बत्ती जाने भएको हो ।

जडान कार्य गर्नुपर्ने हुँदा बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्योगिक क्षेत्र २, ढुङ्गेधारा, महाराजगञ्ज २, नयाँ बजार र धर्मस्थली फिडरहरू शटडाउन हुने प्राधिकरणको भनाई छ ।