विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ६६ लाख नाघ्यो

होमल्याण्ड खबर

२०७७ पुष ५ गते, आईतवार ०८:३२ मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ६६ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार आइतबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ७ करोड ६६ लाख ०५ हजार १८५ पुगेको हो ।

त्यस्तै, हालसम्म विश्वमा १६ लाख ९१ हजार १२३ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ५ करोड ३७ लाख ३६ हजार ६९० जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड ११ लाख ७७ हजार ३७२ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ५ करोड ५४ लाख २७ हजार ८१३ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या १ करोड ८० लाख ७७ हजार ७६८ पुगेको छ । जसमध्ये ३ लाख २३ हजार ४०१ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड ०५ लाख ४५ हजार ४४५ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड लाख ३१ हजार ६५९ पुगेको छ, भने १ लाख ४५ हजार ५१३ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, ९५ लाख ७९ हजार ६८१ संक्रमितहरु निको भइसकेका छन् ।

तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ७२ लाख १३ हजार १५५ पुगेको छ । यसैबीच १ लाख ८६ हजार ३५६ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ६२ लाख २२ हजार ७६४ संक्रमितहरु निको भइसकेका छन् ।

चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या २८ लाख १९ हजार ४२९ पुगेको छ । यसैबीच ५० हजार ३४७ को मृत्यु भइसकेको छ, भने २२ लाख ५४ हजार ७४२ संक्रमितहरु निको भइसकेका छन् ।

विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । जसमध्ये १ हजार ७७७ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ४२ हजार ५६७ संक्रमितहरु निको भइसकेका छन् ।