आफू निकट प्रेम राईलाई प्रधानमन्त्रीले गरे अख्तियार प्रमुखमा सिफारिस

होमल्याण्ड खबर

२०७७ पुष ५ गते, आईतवार १५:२३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा आफू निकट रहेका प्रेमकुमार राईलाई सिफारिस गरेका छन्।

विवादित अध्यादेश ल्याएका प्रधानमन्त्री अ‍ोलीले सोही संवैधानिक परिषद्को अध्यादेशमा टेकेर राईको नाम अख्तियारका प्रमुखका लागि सिफारिस गरेका हुन।

पूर्व गृहसचिव रहेका राई ओली निकट र उनीप्रति वफादार मानिन्छन्।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटा बिनै बसेको बैठकले गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको हो।

सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।