१० मंसिर २०८१, सोमबार
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ७१ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार सोमबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ७ करोड ७१ लाख ५७ हजार ९५७ पुगेको हो ।
त्यस्तै, हालसम्म विश्वमा १६ लाख ९९ हजार १३६ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ५ करोड ४० लाख ७७ हजार ०३९ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड १३ लाख ८१ हजार ७८२ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ५ करोड ५७ लाख ७६ हजार १७५ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।
विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या १ करोड ८२ लाख ६६ हजार ६१२ पुगेको छ । जसमध्ये ३ लाख २४ हजार ८५८ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड ०६ लाख २० हजार ६३७ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड लाख ५६ हजार २४८ पुगेको छ, भने १ लाख ४५ हजार ८४३ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, ९६ लाख ०५ हजार ३९० संक्रमितहरु निको भइसकेका छन् ।
तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ७२ लाख ३८ हजार ६०० पुगेको छ । यसैबीच १ लाख ८६ हजार ७७३ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ६२ लाख ४५ हजार ८०१ संक्रमितहरु निको भइसकेका छन् ।
चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या २८ लाख ४८ हजार ३७७ पुगेको छ । यसैबीच ५० हजार ८५८ को मृत्यु भइसकेको छ, भने २२ लाख ७५ हजार ६५७ संक्रमितहरु निको भइसकेका छन् ।
विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । जसमध्ये १ हजार ७८८ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ४३ हजार ६६४ संक्रमितहरु निको भइसकेका छन् ।