यस वर्षको सबैभन्दा छोटो दिन आज

होमल्याण्ड खबर

२०७७ पुष ६ गते, सोमबार १०:२९ मा प्रकाशित

काठमाडाैं:  आज साेमबार यस वर्षको सबैभन्दा छोटो दिन ।  प्रायजसो वर्षको सबैभन्दा छोटो दिन डिसेम्बर २२ मा पर्ने गर्छ भने कहिले कहीँ डिसेम्बर २१ मा पनि पर्ने गर्छ।

यो वर्ष २१ डिसेम्बरमा सबैभन्दा छोटो दिन परेको छ। यसअघि २०१७ मा पनि सबैभन्दा छोटो दिन २१ डिसेम्बरमा परेको थियो।

यस दिनलाई इस्वी संवतको पात्रो अनुसार ‘विन्टर सोल्स्टिस’ भन्ने गरिएको छ। सबै भन्दा लामो दिन भएको जुन २१ को दिनलाई ‘समर सोल्स्टिस’ भनिन्छ।

वैज्ञानिकहरुका अनुसार सौर्य मण्डलमा चक्कर लगाइरहेन पृथ्वी केही झुकेको छ। पृथ्वीले अण्डाकार कक्षमा सूर्यको फन्को लगाउँछ। यस क्रममा पृथ्वीको कुन गोलार्द्ध सूर्यको दिशामा झुकेको छ वा सूर्यको विपरित दिशामा झुकेको छ भन्ने कुराले  चिसो मौसम र गर्मी मौसमको निर्धारण गरेको हुन्छ।

यसैगरी सूर्यको पृथ्वीको कुनै भू–भागमा सूर्यको प्रकाश थोरै समयसम्म रहने र कुनै भू–भागमा धेरै समयसम्म रहने हुँदा। दिन छोटो या लामो हुन्छ।

आज यस वर्षकै छोटो दिन पूरा पृथ्वीभरि भने होइन। पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका भू–भागमा मात्रै आज वर्षकै छोटो दिन हो। पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेका मुलुकमा आज वर्षकै सबैभन्दा लामो दिन हो। यस्ता मुलुकहरुमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड लगायत पर्छन्।