थप ५०० जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७७ पुष १२ गते, आईतवार १६:२८ मा प्रकाशित

काठमाडौं । नेपालमा ५०० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५०० जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ५७ हजार ७०० रहेको छ । संक्रमित मध्ये दुई लाख ४९ हजार १३२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८४० जना कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १८१९ पुगेको छ ।