एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै

होमल्याण्ड खबर

२०७७ पुष १५ गते, बुधबार १५:०९ मा प्रकाशित

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० एमयूएन’ का लागि सहकार्य गरेको छ । महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य हो ।

एमयूएनएक समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिका मापुग्ने गरी महिला सशक्तीकरणमा सहयोग पुरÞ्याउने विश्वासका साथकाम गरिरहेको छ । यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमाआबद्घ भएको छ । एनसेलले हालै मात्रमहिलाकालागि ‘अघि बढौं’ भन्ने थिमका साथविषेश रुपमातयार पारिएको ‘गो सिम’प्याक ल्याएको थियो । एनसेलको ‘गो’ पहलको दर्शन भनेको प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु हो । नेपालमै पहिलो पटक समावेशी दृष्टिकोणमा आधारित भई अगाडि बढिरहेको एमयूएनको पनि यही दर्शन छ । एनसेलले पुस ११ गते यही सहकार्य अन्तर्गत रही ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामाआउन सफलप्रतिस्पर्धीसँग डा. रवीना देशराज डेप्युटी सीईओ, मेगा बैंक, प्रियंका कार्की कलाकार र पूजा रिजाल सोलो ट्राभलरको अन्र्तक्रिया पनि आयोजना गरिएको थियो ।