८ जेष्ठ २०८३, शुक्रबार
त्यसअघिका वर्षमा भने चैत महिनामा परीक्षा हुँदै आएको एसइई परीक्षा आगामी जेठ महिनामा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको जनाएको छ ।
कोरोना संक्रमणको कारण गत वर्ष एसइई परीक्षा नै सञ्चालन भएको थिएन । आगामी जेठसम्म एसइई परीक्षा हुने सम्भावना रहेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।


चैत र वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेकाे र असार र साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखि उनले बताएका छन् ।
एसइई परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि रजिस्ट्रेसन फाराम खुला गरिसकेको छ । बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिने छ ।
यस वर्ष शैक्षिक सत्र कहिलेबाट शुुरु हुन्छ, अझै स्पस्ट भएको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र शुुरु भएर चैतमा सकिने व्यवस्था थियो ।