१० मंसिर २०८१, सोमबार
एजेन्सी : साविकको विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बर्ष २०२० को आफ्नो अन्तिम खेलमा इल्चेरसँग १-१ गोलको बराबरीमा रोकिएको छ । बुधबार राति भएको आफ्नो १६औं साताको खेलमा घरेलु टोली इल्चेरसँग बराबरीमा रोकिएको हो । खेलको २०औं मिनेटमा लुका मोड्रिचको गोलबाट अग्रता बनाएको रियलले पहिलो हाफभरि १-० गोलको अग्रता बनाएको थियो ।
तर दोस्रो हाफको ५२औं घरेलु टोलिले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा पुर्याए । उसका लागि फिदेल चाभेसले पेनाल्टीमा गोल गरि इल्चेरलाई सम्भावित हारबाट जोगाए । त्यसपछि बाकी समय दुबै टोलिबाट थप गोल हुन नसक्दा १-१ अंक बाँड्ने ।
उक्त बराबरी सँगै दोस्रो स्थानको रियलले कुल १६ खेलबाट ३३ अंक बनाएर दोस्रो स्थानमा रहेको छ । यता इल्चेर भने १४ खेलबाट १६ अंकसहित १५औं स्थानमा उक्लिएको छ ।