शून्यमा झर्‍यो काठमाडाैं उपत्यकाको तापक्रम

होमल्याण्ड खबर

२०७७ पुष १६ गते, बिहीबार ११:३६ मा प्रकाशित

काठमाडौं: आज  ‘बिहिवार’ बिहान काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ । आज पौने ९ बजे मापन गर्दा तापक्रम  ०.८ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस थियो । महाशाखाका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।