५३४ जना संक्रमित थपिए, थप ९ जनाकाे मृत्यु

होमल्याण्ड खबर

२०७७ पुष १६ गते, बिहीबार १६:०२ मा प्रकाशित

काठमाडौं: नेपालमा पछिल्लाे समय थप ५ सय ३४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार जनाकाे पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ । तीमध्ये २ लाख ५२ हजार ३ सय ५९ जना निकाे भएका छन् ।

गत २४ घण्टामा ४ सय ४७ जना निको भएर फर्किएका मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।

यसैगरी गत २४ घण्टामा थप ९ जना संक्रमितकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालम कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५६ पुगेको छ ।

हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।