८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५ हजार २ सय २५ पिसिआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ।

