पुन राख्यो एनआईसी एसिया बैंकले सेयर बिक्रीमा

होमल्याण्ड खबर

२०७७ पुष १९ गते, आईतवार १५:५२ मा प्रकाशित

काठमाडौंः नाफालाई भरपाइ गर्न एनआइसी एसिया बैंकले पुन चार कम्पनीको सेयर बिक्रीमा राखेको छ ।

बैंकको स्वामित्वमा रहेका विभिन्न कम्पनीको सेयर बैंकले पटक पटक बिक्री गर्न कोसिस गरेको थियो । तर, कसैले नकिनेपछि पुन बिक्रिमा राखेको हो ।

ऋण उठाउन समस्या भएका कारण बैंकको यसपालीको नाफा पनि प्रभावित हने देखिन्छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता, एसियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको एक लाख ९० हजार ३७४ कित्ता सेयर फेरि बिक्रीमा राखेको छ ।