भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली प्रहार, १ जना घाइते

होमल्याण्ड खबर

२०७७ पुष २१ गते, मंगलवार १०:२१ मा प्रकाशित

कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा गोली चलेको छ । स्थानीयले भारतीय सीमा सुरक्षा बलका तर्फबाट गोली चलाइएको बताएका छन् । भारतीय सुरक्षाकर्मीले चलाएको भनिएको गोली लागेर १ जना स्थानीय घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले सीमा क्षेत्रमा गोली चलेको खबर आएकाले प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

महाकाली पारिको दोधाराचाँदनी नगरपालिकाको क्षेत्रमा एसएसबीले गोली चलाएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार गोली लागेर दोधाराचाँदनी गाउँपालिका–१ का नरेन्द्र लुहार घाइते भएका छन् । तर, प्रहरीले भने घाइते व्यक्तिबारे केही विवरण सार्वजनिक गर्न मानेको छैन ।