थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ पुष २२ गते, बुधबार १८:२१ मा प्रकाशित

पछिल्लो २४ घन्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार १४४ जना महिला र २६५ गरि ४०९ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गर्दाको हो ।

यससँगै नेपालमा कोरोना पोजेटिभको संख्या २६३१९३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको संख्या १८९९ पुगेको मन्त्रालयले जनाएको छ ।