८ जेष्ठ २०८३, शुक्रबार
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशको केहि पहाडी भुभागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको हो ।
आज सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देश भर तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।


आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति प्रदेश १ र सुदुर पश्चिम प्रदेशको पहाडी भुभागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, महाशाका अनुसार शुक्रबार दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भुभागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यसैगरि, महाशाखका अनुसार शनिबार दिउँसो प्रदेश १, प्रदेश नं २, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १, प्रदेश नं २, बागमती र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।