विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, १९ लाख ३३ हजार बढीको मृत्यु

होमल्याण्ड खबर

२०७७ पुष २६ गते, आईतवार १०:२७ मा प्रकाशित

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघेको वल्डोमिटर्सले जनाएको छ । विश्वमा एकैदिन ७ लाख ७ हजार ७ सय ४० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ९ करोड ३९ हजार ६ सय ४६ पुगेको हो ।

त्यस्तै विश्वमा एकैदिन १२ हजार २ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४ सय ९ पुगेको छ । विश्वमा ६ करोड ४४ लाख ४४ हजार ३ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन् ।