८ जेष्ठ २०८३, शुक्रबार
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ९ करोड ०६ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार सोमबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ९ करोड ०६ लाख ७६ हजार ३१४ पुगेको हो । त्यस्तै, हालसम्म विश्वमा १९ लाख ४२ हजार ५४५ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ६ करोड ४७ लाख ९७ हजार ६१९ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड ३९ लाख ३६ हजार १५० वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ६ करोड ६७ लाख ४० हजार १६४ वटा कोरोना
विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या २ करोड २९ लाख १७ हजार ३३४ पुगेको छ । जसमध्ये ३ लाख ८३ हजार २७५ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड ३४ लाख ७९ हजार ८६४ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।


त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड ०४ लाख ६७ हजार ४३१ पुगेको छ, भने १ लाख ५१ हजार १९८ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, १ करोड ९२ हजार १३० संक्रमितहरु निको भइसकेका छन् । तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ८१ लाख ०५ हजार ७९० पुगेको छ । यसैबीच २ लाख ३ हजार १४० संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ७१ लाख ६७ हजार ६५१ संक्रमितहरु निको भइसकेका छन् ।
चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या ३४ लाख ०१ हजार ९५४ पुगेको छ । यसैबीच ६१ हजार ८३७ को मृत्यु भइसकेको छ, भने २७ लाख ७८ हजार ८८९ संक्रमितहरु निको भइसकेका छन् । विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । जसमध्ये १ हजार ९१७ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ५८ हजार ४४१ संक्रमितहरु निको भइसकेका छन् ।