थप ४८८ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७७ पुष २७ गते, सोमबार १६:२२ मा प्रकाशित

नेपालमा ४८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४८८ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ६५ हजार २६८ रहेको छ । संक्रमित मध्ये दुई लाख ५८ हजार ९६८ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५२७ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १९२७ पुगेको छ ।