८ जेष्ठ २०८३, शुक्रबार
पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान वुलेटिनअनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । योक्रम बिहीबारसम्म नै कायम रहने महाशाखाले जनाएको छ ।
वर्षासँगै देशका विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने काठमाडौँ उपत्यकामा सोमबार न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेकोमा आज आज बिहानको मापनमा पाँच दशमलव पाँच डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

