९ मंसिर २०८१, आईतवार
नबिल बैंकले आजीवन हितग्राही (डिम्याट) खाता सञ्चालनमा ल्याएको छ । बैंकले लगानीकर्तालाई आफ्नो हितग्राही खाता खोलेपछि जीवनभर नै नवीकरण गर्नुपर्ने सुविधासहित यो सेवा सञ्चालनमा ल्याएको हो ।
यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति वा संस्थाहरुले एकैपटक ३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।
लगानीकर्ताले आफ्नो हितग्राही खाता तथा मेरो सेयरको खाता प्रत्येक वर्ष नवीकरण गराउनु पर्ने झन्झटबाट मुक्ति दिन यो खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो सेवा नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको हो ।