श्रीमानले श्रीमतीको एटिएम प्रयोग गर्दा ….

होमल्याण्ड खबर

२०७५ जेष्ठ ३१ गते, बिहीबार ०६:२३ मा प्रकाशित

एटिएम कार्डको प्रयोगमार्फत आपतकालिन संकट टार्नु भएको होला । तर अब सजग हुनु पर्ने भएको छ । तपाईले पैसा झिक्न एटिएम कार्ड प्रयोग गर्नु भयो, पैसा निस्किएन तर खाताबाट काटियो भने पनि तपाईको उजुरीको सुनुवाई नहुन सक्छ । भारतीय अनलाइन समाचार फस्ट पोष्टका अनुसार नझिकेको पैसा नकटाउन उपभोक्ता अधिकार समाज हुदै अदालतसम्म पुग्दा पनि उजुरीमाथि सुनुवाई नै भएन ।

घटनाअनुसार, भारत बेंलोरकी बन्दनाले २०१३ नोभेम्बर १४ का दिन पति राजेश कुमारलाई आफ्नो एटिएम दिएर पैसा झिक्न पठाइन् । राजेशले एटिएमबाट २५ हजार भारु (नेपाली ४० हजार रुपैयाँ) झिक्न खोजे, पैसा आएन तर खाताबाट घट्यो ।

राजेश र बन्दनाले बैंकमा गुनासो गरे । बैंकले एउटाको एटिएम अर्कोले प्रयोग गरेको भन्दै पैसा फिर्ता गर्नै मानेन । बैंकले आफ्नो नियम बताउँदै भन्यो ‘एटिएम कार्ड हस्तान्तरण गर्न मिल्दैन। कार्ड जसको नाममा छ उसले बाहेक अरुले प्रयोग गर्न मिल्दैन ।’

बन्दनाले उपभोक्ता फोरममा मुद्दा पु¥याइन् । स्टेट बैंक अफ इण्डिया (एसबिआइ) ले त्यति गर्दा पनि पैसा दिए तयार भएन । फस्ट पोष्टमा उल्लेख गरेको छ, जब एटिएमबाट पैसा निस्किएन राजेशले बैंकमा फोन गरे । बैंकका कर्मचारीले २४ घण्टाभित्र खातामै रकम जम्मा हुने जानकारी दिएका थिए । जब पैसा आएन अनी उनले उपभोक्ता फोरममा मुद्दा पुर्याएका थिए ।

त्यसपछि बैंकको दावी फेरियो । उसले पैसा झिकिएको दावी गर्यो । धेरै समय लगाएर दुख गरेपछि एउटा सिसिटिभी फुटेज हात पर्यो । त्यहाँ राजेशले एटिएम कार्ड प्रयोग गरेको तर पैसा नझिएको फुटेजमा देखियो । यसपछि जाँच सुरु भयो । जाँच समितिले पैसा झिक्दा कार्डधारक ब्यक्ति फुटेजमा नदेखिएको भन्दै गुनासोलाई खारेज गरिदियो ।

कुरा अदालतमा पुग्यो । अदालतले २०१८ मे २९ का दिन फैसला दियो । बन्दनाले आफ्नो कार्ड अरुलाई प्रयोग गर्न दिनु हुँदैन थियो । यदि पैसै चाहिएको भए चेक काट्नु पर्थियो । वा पतिलाई पैसा झिक्न दिएको छु भनेर आधिकारिक पत्र लेख्नु पर्थियो । बन्दनाले केही पनि नगरेकाले अदालतले मुद्दा खारेज गरिदियो ।
यस्ता घटना त नेपालमा भइनै रहे पनि बाहिर आएका वा अदालत समक्ष पुगेका भने छैनन् । पति –पत्नि वा परिवारभित्रैको व्यक्तिको एटिएम प्रयोग गर्दा पनि यस्तै भयो भने पनि पैसा चै डुब्ने सम्भावना उच्च भयो ।