८ जेष्ठ २०८३, शुक्रबार
कक्षा १२ को परीक्षाफल आगामी १ साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।


काेराेना भाइरसकाे संक्रमणका कारण लकडाउन भएपछि राेकिएकाे परीक्षा गत मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएकाे थियाे । पुसकाे दाेस्राे साताभित्र नतिजा प्रकाशन गर्ने भनिए पनि डाटा रुजु कार्यमा ढिलाइ भएपछि नतिजा आउन समय लागेकाे हाे ।