८ जेष्ठ २०८३, शुक्रबार
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ९ करोड ४९ लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार आइतबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ९ करोड ४९ लाख ४९ हजार ४१४ पुगेको हो । त्यस्तै, हालसम्म विश्वमा २० लाख ३० हजार ९१४ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ६ करोड ७७ लाख ७३ हजार ०३४ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड ५१ लाख ४५ हजार ४६६ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ६ करोड ९८ लाख ०३ हजार ९४८ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।
विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या २ करोड ४३ लाख ०६ हजार ०४३ पुगेको छ । जसमध्ये ४ लाख ०५ हजार २६१ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड ४३ लाख ४३ हजार ६४४ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड ०५ लाख ५८ हजार ७१० पुगेको छ, भने १ लाख ५२ हजार ३११ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, १ करोड ०१ लाख ९६ हजार १८४ संक्रमितहरु निको भइसकेका छन् ।


तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ८४ लाख ५६ हजार ७०५ पुगेको छ । यसैबीच २ लाख ०९ हजार ३५० संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ७३ लाख ८८ हजार ७८४ संक्रमितहरु निको भइसकेका छन् । चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या ३५ लाख ४४ हजार ६२३ पुगेको छ । यसैबीच ६५ हजार ०८५ को मृत्यु भइसकेको छ, भने २९ लाख ३६ हजार ९९१ संक्रमितहरु निको भइसकेका छन् । विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ०५६ पुगेको छ । जसमध्ये १ हजार ९५४ संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ६१ हजार ०४४ संक्रमितहरु निको भइसकेका छन् ।