८ जेष्ठ २०८३, शुक्रबार
नेपालमा कोरोना भाइरस (कोभिड १९)को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल आएका ६ जनामध्ये ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको हो ।


२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् ।
तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।