८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौँकाे रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार आगाे नियन्त्रणका लागि दमकल र प्रहरी टाेली पुगिसकेको छ । स्थानीयबासीसहितकाे सहयाेगमा आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ ।


अहिलेसम्म केही अपार्टमेन्टका भागहरु जलेर नष्ट भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण पनि आइसकेकाे छैन ।