९ मंसिर २०८१, आईतवार
कोभिड–१९ महामारीका कारण शिथिल भएको घरजग्गा कारोबार अहिले उच्च रुपमा बढ्न थालेको छ । पुस महिनामा देशभर भएको घरजग्गाको कारोबारबाट सरकराले ४ अर्ब १७ करोड ६३ लाख राजस्व संकलन छ । यो महिनामा भएको कारोबार हेर्दा अब घरजग्गाको कारोबार पुरानै लयमा फर्किन थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानएको छ । कोभिडको बेला रोकिएको कारोबोर अहिले फस्टाएको प्रवक्ता सुवेदीले बताए । उपत्यका पछि पूर्वी तराईका झापा, इनरुवालगायतका जिल्लामा घरजग्गाको किनबेच बढी भएको छ ।
विभागले पुुस महिनामात्र एक लाख एक हजार ६०१ घरजग्गाको कारोबारबाट सो राजस्व असुली गरेको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए । ‘अहिले घरजग्गाको कारोबार बढेको छ,’ उनले भने ‘सहरी क्षेत्रमा बढी कारोबार भएको देखिएको छ ।’ यो अवधिमा पहिला कित्ताकाट भइसकेका जग्गाको किनबेच भएको हो ।
विभागले जग्गा रजिष्ट्रेशनबाट ३ अर्ब ७४ करोड २४ लाख रपैयाँ राजस्व संकलन गरेको छ भने सेवा शुल्कवापत ४३ करोड ३८ लाख राजस्व संकलन गरेको हो । पुस महिनामा ८१ हजार १७ पटक जग्गा किनबेच, सट्टपट्टा तथा अंशवण्डा भएको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुरअन्तर्गत किनबेच, सट्टपट्टा, छोडपत्र, अंशपण्डा लिखत पासबाट आउने रकम राजस्वको रुपमा रहने गरेको छ । त्यस्तै २० हजार ५८४ वटा धितो रोक्का तथा पूर्जा बिक्री भएको छ । मालपोत कार्यालयहरूले जग्गा धनी पूर्जा (लालपूर्जा) २५ रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।
मालपोत कार्यालयहरुले अहिले निजी तथा गुठी जग्गाको लिखत पारित, नामसारी, संशोधन, हाल साविक, दाखिल खारेज, रोक्का, फुकुवा लगायतका सेवाहरु दिँदै आएको छ । यी सबै सेवा समेत गरी एक महिनामा सो परिमाणका कारोबार भएको हो । त्यसमध्ये सबैभन्दा धेरै कारोबार जग्गाको लिखित पारित गर्नेसँग सम्बन्धित भएका छन् ।
पुस महिनामात्र ७६ हजार ५ सय ३२ पटक घरजग्गाको लिखत पास भएको छ । मंसिरमा ६१ हजा र ४५१ पटक घरजग्गाको लिखत पास भएको थियो । पुस महिनामा उपत्यकामात्र २६ हजार ६ सय ७२ पटक जग्गा किनबेच तथा सट्टापट्टा भएको छ । मालपोत कार्यालय ८ इनरुवामा आठ हजार ४३८ पटक घ्रजग्गा किनबेच, रोक्का फुकुवा ,लिखत पारित भएको छ । झापामा पनि ७ हजार ९८५ पटक घरजग्गाको कारोबार भएको छ ।
पुस महिनामा ७१ पटक अपार्टमेन्टको लिखत पारित भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले ३३ पटक अपार्टमेन्टको लिखत पारित गरेको छ भने मालपोत कार्यालय चावहिले १३ पटक,कलंकीले चार पटक, पालपोत कार्यालय टोखामा ११ पटक अपार्टमेन्टको लिखत पारित भएको छ । मंसिर महिनामा ८७ पटक अपार्टमेन्टको लिखत पारित भएको थियो । पुसमा आएर अपार्टमेन्टको लिखत पास भने घटेको छ ।
देशभरका १२६ मालपोत कार्यालयमध्ये चार वटा मालपोत कार्यालयबाटमात्रै अपाटमेन्टको लिखत पारित भएको हो । जग्गाको किनबेच बाहेक रोक्का तथा फुकुवा गर्ने क्रम समेत पुस महिनामा बढेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रयोजनका जग्गाको रोक्का राख्ने गरिन्छ । पुस महिनामा ६९ हजार १८२ वटा जग्गाको रोक्का राखिएको छ । मंसिर महिनामा ५३ हजार २ सय ८१ वटा जग्गाको रोक्का राखिएको थियो ।
त्यस्तै, अघिल्लो महिनामा ३२ हजार २ सय ६० वटा जग्गाको रोक्का गरिएकोमा पुस महिनामा यो संख्या ४४ हजार ४ सय १५ पुगेको छ । ऋणको करार सकिएपछि बैंक तथा वित्तीय संस्थाको सिफारिसमा मालपोत कार्यालयले रोक्का जग्गाको फुकुवा गर्ने गर्छ ।
यसपटक जग्गा फुकुवा अघिल्लो महिनाभन्दा बढी भए पनि जग्गा रोक्काको संख्या फुकुवाको भन्दा बढी छ । यसले जग्गा धितोमा राखेर ऋण लिनेको संख्या बढ्दै बुझाउने विभागले बताएको छ ।