पछिल्लो २४ घन्टामा थप ३२२ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ माघ ५ गते, सोमबार १६:३३ मा प्रकाशित

पछिल्लो २४ घन्टामा नेपालमा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ३२२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ६४४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३ हजार ८६१ पुगेकाे छ ।

नेपालमा आजसम्म २० लाख १६ हजार ७५८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३७४ जना निकाे भएसँगैं हालसम्म २ लाख ६१ हजार ८१८ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १९६५ पुगेकाे छ ।