९ मंसिर २०८१, आईतवार
ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको गए राती भएको खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो । खेलमा ब्राजिलले सुरुवाति अग्रता लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए । तर खेलको ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल गरे । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पूर्ण्विराम लगाएको छ ।