८ जेष्ठ २०८३, शुक्रबार
ललितपुर महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा एक दम्पती घरभित्रै मृत अवस्था भेटिएका छन् ।
राजविराज घर भइ लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल सोमबार मृत अवस्थामा भेटिएका हुन्।


चार वर्षदेखि फ्लाट भाडामा लिएर बस्दै आएका उनीहरु आफ्नो कोठामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले स्लफर नामको विषादीको बट्टासमेत फेला पारेको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानले विष सेवनबाट आत्महत्या गरेको देखाएको छ।
मृतक दम्पतीबीच गत फागुनमा विवाह भएको आफन्तले प्रहरीलाई जानकारी दिएका छन्। मृत पुरुष भेटनरीको सामान सप्लाइको गर्दै आएका थिए।
उनीहरु बुबाआमासँगै बस्दै आएका थिए। तर, गत शुक्रवारमात्र उनीहरुको बुबाआमा आफन्तकहाँ गएका थिए। आइतवार बिहान छोराबुहारीलाई फोन गर्दा सम्पर्क नभएपछि उनीहरुले घरबेटीलाई फोन गरे। घरबेटीले कोठाको झ्याल खोलेर हेर्दा अस्वभाविक अवस्था देखे। शंका लागेपछि खबर गरेको प्रहरीलाई घरबेटीले जानकारी दिएका छन् ।